Sat. Sep 21st, 2024

कोरोना भाइरस विरुद्ध नेपाललाई आपत्कालीन सहयोग आवश्यक- डब्ल्यूएचओ

काठमाडौं, २०७८ जेठ १ गते शनिबार । कोरोना भाइरस विरुद्ध लड्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताउनु भएको छ । शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा. गेहब्रेयससले भारतमा मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताउनु भएको हो ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उहाँले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताउनु भयो ।

डा. गेहब्रेयससले भन्नुभयो, “डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।” बिबिसी

Facebook Comments