Sat. Sep 21st, 2024

राष्ट्रपति कार्यालयले भन्यो, “तोकिएको समयमा प्रधानमन्त्रीका लागि कसैको दावी परेन”

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार ।  राष्ट्रपति कार्यालयले तोकिएको समयमा बहुमतको सरकारका लागि कसैले दावी पेश नगरेको बताएको छ । बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समयसीमा बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । तत्पश्चात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले तारान्तार विभिन्न स्थान र तहमा नयाँ सरकार गठनका लागि छलफल गरे पनि परिणाम सून्य निस्किएको छ ।

Facebook Comments