Sat. Sep 21st, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा हनान प्रान्तीय नान याङ शहरको निरीक्षण

काठमाडौं, २०७८ बैशाक ३० गते बिहीबार । चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले मे १२ तारिख हनान प्रान्तको नान याङ शहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

भ्रमण क्रममा, उहाँले पवित्र चिकित्सक स्मारक भवन जानुभई “पवित्र चिकित्सक” मानिएको चाङ चुङचिङको जीवन र योगदानबारे जानकारी लिनुभएको छ।

त्यसपछि उहाँले नान याङ चिनियाँ गुलाब एक्स्पो पार्क, नागदौन (वर्मवुड) उत्पादन कम्पनीको भ्रमण गरेर गुलाब तथा वर्मवुड लगायत स्रोतको प्रयोग गरी स्थानीय विशेषतायुक्त व्यवसायको विकास र यसबाट सिर्जित रोजगारीको अवस्थाबारे निरीक्षण गर्नुभएको छ। सीआरआई/सिन्ह्वा

Facebook Comments