Sat. Sep 21st, 2024

नयाँ सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न नसके लगत्तै नयाँ सरकार गठन प्रक्रिया आरम्भ गर्न तीन दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

नयाँ सरकार गठनका लागि आग्रह गर्ने दलहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

Facebook Comments