Sat. Sep 21st, 2024

प्रधानमन्त्री ओली पदमुक्त, सरकारमाथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

- पक्षमा ९३ मत, विपक्षमा १२४ मत, एमालेकै २८ सांसद अनुपस्थित, १५ जना तटस्थ, अन्य अनुपस्थित १५ जना (कुल सांसद सङ्ख्या २७५)

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । सरकारमाथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएसंगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारप्रति संसद्को विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको प्रस्तावकाे पक्षमा ९३ मत परेको र विपक्षमा १२४ मत परेकाले बहुमतले सो प्रस्ताव अस्विकृत भएको छ । आजको मतदानमा २३२ जना सांसद सहभागी हुनुहुन्थ्याे । मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले  घाेषणा गर्नुभएकाे हाे ।

कोरोना सङ्क्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । कुल सांसद सङ्ख्या २७५ रहेकामा मतदानमा उपस्थित सङ्ख्या २३२,  पक्षमा ९३, विपक्षमा  १२४, तटस्थ सांसद १५ रहनुभएकाे छ । मतदानमा एमालेकै खनाल नेपाल समूहका २८ सांसद अनुपस्थित रहनुभएकाे थियाे ।

यसअघि खनाल-नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिँदै सामूहिक राजीनामा दिने बताउँदै आएका थिए । पार्टी ह्विप उल्लङ्घन गरे कारबाही हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चेतावनी दिइसक्नुभएकाे छ ।

पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद- 
१) झलनाथ खनाल
२) माधवकुमार नेपाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) योगेश भट्टराई
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणि चौधरी
१७) झपट रावल
१८) भीमबहादुर रावल
१९) दीपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेको)
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने

Facebook Comments