Sat. Sep 21st, 2024

लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत गुम्यो

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि प्रस्तावित शंकर पोखरेलको बहुमत गुमेको छ । सांसद विमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुमेको हो ।

दाङबाट प्रदेशसभा ३ खबाट वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो। नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले पराजित गर्दै उहाँ प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । माओवादी र एमाले विभाजित भएपछि कता लाग्ने टुंगो नलाग्दै एमालेले आफ्नो पक्षमा जोडेर ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको बताईएको छ ।

Facebook Comments