Sat. Sep 21st, 2024

भारतमा एकैदिन एक लाख ८४ हजार सङ्क्रमित, एक हजार २७ को मृत्यु

Coronavirus on scientific background

काठमाडौं, २०७८ बैशाक १ गते बुधबार । भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ८४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सोही अबधिमा कम्तिमा एक हजार जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना महामारी सुरु भए यता एकैदिनमा थपिने सङ्क्रमित र मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २७ जना सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाभाइरसबाट एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको हो । चौबीस घण्टामा एक लाख ८४ हजार ३७२ जना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट भारतमा हालसम्म एक करोड ३८ लाख ७३ हजार ८२५ जना सङ्क्रमित भएका छन् । भारतमा मंगलबार चौबीस घण्टामा ८७९ जनाको मृत्यु भएको थियो ।

भारतमा हाल १३ लाख ६५ हजार ७०४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ८२ हजार ३३९ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक करोड २३ लाख ३६ हजार ३६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । एएनआई समाचारका अनुसार भारतमा हालसम्म ११ करोड ११ लाख ७९ हजार ५७८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । गोरखापत्र

Facebook Comments