Fri. Sep 20th, 2024

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं, २०७७ चैत १३ गते शुक्रबार मष्तिष्कघात भइ काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज  जोशीको निधन भएको छ । एक महिना अघिदेखि मस्तिष्कघात भई भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार राती ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पतालमा कार्यरत डा. विप्लब सापकोटाले जानकारी गराउनुभयो ।

जोशीलाई गत फागुन १४ गते राती मस्तिष्कघात भई तत्काल वीर अस्पताल ल्याइएको थियो । थप उपचारका लागि भन्दै वीरबाट थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

मस्तिष्कघात भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारमा सम्लग्न नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजिव झाले नेता जोशीको शुक्रबार राती ८ बजेर २४ मिनेटमा निधन भएको जानकारी दिनुभयो । नेता जोशीलाई हेमोरोजिक स्ट्रोक भएको थियो । जोशी पूर्व उद्योग मन्त्री समेत हुनुहुन्थ्यो ।

जोशी कोमामा हुदा तत्काल शल्यक्रिया गरी मस्तिष्कमा जमेको पानी निकालिएको थियो । तर रगत निकाल्न नमिल्ने भएकोले भेन्टिलेटरमा राखि औषधि प्रयोग गरिएको थियो ।

Facebook Comments