Thu. Apr 23rd, 2026

अमेरिका लगायत केही देशले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीन र रुसद्वारा कडा विरोध

       

काठमाडौं, २०७७ चैत १० गते मंगलबार अमेरिका लगायत केही मुलुकहरुले प्रायः अन्य देशमा एकपक्षीय अवैध प्रतिबन्ध लगाएकोमा चीन र रुसले सधैं कडा विरोध गर्दै आएका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले मार्च २२ तारिख  पैचिंगमा  आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिका लगायत पश्चिमी मुलुकहरुले तथाकथित प्रजातान्त्रिक मानव अधिकारको झण्डा बोकेर अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै धेरै समस्या सिर्जना गरेका छन्। यस सम्बन्धमा चीन र रुसबीच सम्पूर्ण सर्वसम्मत सहमति रहेको छ।

त्यसैगरी चीन र रुसले आपसी रणनीतिक सहयोगलाई मजबुत बनाउँदै निष्पक्षताका लागि संयुक्त संरक्षण गर्नुपर्छ साथै चीन र रुसले प्रभुत्ववादको विरोधमा निरन्तर रुपमा सम्पर्क राख्दै जाने प्रवक्ता ह्वाले बताउनु भयो । सीआरआई

Facebook Comments

सम्बन्धित समाचार