Fri. Sep 20th, 2024

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुसँग आज छलफल गर्दै

काठमाडौं, २०७७ चैत ३ गते मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्नुहुँने भएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि आज अपराह्न ४ बजे शीतल निवास बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनु भएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । नेकपा माओवादी केन्द्र भने सो बैठकमा सहभागी हुने सम्भावना कम रहेको श्रोतले बताएको छ । संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ ।

Facebook Comments