Thu. Sep 19th, 2024

संसद पुनर्स्थापना भए लगत्तै प्रचण्ड र नेपालद्वारा मिठाई खुवाउँदै खुसीयाली साटासाट

- प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने भनाई

काठमाडौं, २०७७ फागुन ११ गते मंगलबार

संसद स्थापना भएको खुसीयालीमा नेकपाकाअध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई मिठाई खुवाएर खुसीयाली मनाउनु भएको छ ।सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा हुनुहुन्थ्यो । उहाँहरुले त्यही संसद पुनर्स्थापना भएको खबर सुन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुग्नु भएको थियो। तर संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पार्नुभयो । साथै उहाँले संसद पुनस्थापना भएको खुसीयालीमा भोली देशभरीनै विजयउत्सव मनाउन पनि कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । प्रचण्डले न्याय र लोकतन्त्रको पक्षम लाग्ने कानुन व्यावसायीहरुलाई हार्दिक धन्यवाद समेत दिनुभएको छ ।

Facebook Comments