Fri. Sep 20th, 2024

प्रचण्ड-माधव समूहको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई

काठमाडौं, २०७७ फागुन १० गते सोमबार

नेकपा प्रचण्ड माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको हो । सो संगठनको सहइन्चार्जमा विष्णु रिजाललाई तोकिएको छ । उहाँ यसअघि विदेश विभाग उपप्रमुख हुनुहुन्थ्यो । महेश्वर दाहाल र ओम शर्मा यसअघि नै सहइन्चार्ज हुनुहुन्छ ।

प्रेस संगठनको पदाधिकारी समेत यो समूहले टुंग्याएको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर एकतापछि प्रेस संगठनका सहसंयोजक रहनु भएका गणेश बस्नेत ओली समूहमा लागेपछि रिक्त स्थानसहित थप पदाधिकारी समेत बनाइएको छ ।

महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिव राजेश राई चयन हुनुभएको छ ।

Facebook Comments