Mon. Jun 8th, 2026

सर्वोच्चद्वारा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्को कार्यालयका नाममा कारण देखाऊ आदेश

       

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

सभामुख अग्निप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सभामुख सापकोटाले विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध शुक्रबार रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले ती नियुक्ति गर्नुको कारण खुलाएर पठाउन राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्को कार्यालय लगायतका विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

संवैधानिक आयोगमा नियुक्त भएकाहरूलाई काम गर्न रोक्न माग गरी सभामुख सापकोटाले आफै सर्वाेच्च अदालत गएर रिट दायर गर्नुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायत संवैधानिक आयोगमा प्रधानमन्त्रीले गरेका नियुक्ति सभामुख सापकोटाले फिर्ता पठाउनुभएको थियो ।

Facebook Comments