Fri. Sep 20th, 2024

चिनियाँ वसन्त चाड अघि राष्ट्राध्यक्ष सी चिनफिङ अल्पसंख्यक जातीय गाउँमा

काठमाडौं, २०७७ माघ २३ गते शुक्रबार

चीनको महत्वपूर्ण परम्परागत चाड-वसन्त चाड अघि चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्राध्यक्ष सी चिनफिङ निरीक्षणका लागि चीनको क्वी चौ प्रान्त पुग्नुभएको छ । त्यहाँ अल्पसंख्यक जातीय गाउँका वासिन्दाहरूलाई भेटेर राष्ट्राध्यक्ष सीले वसन्त चाडको शुभकामना दिनुभएको छ।

सिआरआईका अनुसार फेब्रुअरीको ३ तारिख बुधवार राष्ट्राध्यक्ष सी चिन फिङ एउटा ह्वा उ नामक गाउँमा पुग्नुभएको थियो। सो गाउँमा चीनको म्याउ, यी र हान नामक जातीका वासिन्दाहरू बस्छन्। ह्वा उ गाउँ चीनको क्वी चौ प्रान्तमा पर्दछ जुन प्रान्त चीनमा गरिबी जनसंख्या भएको सबैभन्दा ठूलो क्षेत्र हो। सीले क्वी चौ प्रान्त र त्यहाँका गरिब जनताको जीवनप्रति धेरै महत्व दिनुभएको देखिन्छ।

Facebook Comments