Fri. Sep 20th, 2024

प्रधानमन्त्री ओलीद्वारा देशकै सबैभन्दा बढी क्षमताको विद्युत सवस्टेशनको उद्‌घाटन

काठमाडौं, २०७७ माघ १९ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केवरस्थित देशकै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्‌घाटन गर्नुभएको छ ।

धनुषाको ढल्केवरमा निर्माण भएको देशकै सबैभन्दा ठुलो तथा अत्याधुनिक विद्युत् प्रसारण लाइनको आज उद्घाटन गर्नुहुँदै  प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि काम गरेका कारणले नै मुलुक लोडसेडिङमुक्त भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा ऊर्जा क्षेत्रको विकास महत्त्वपूर्ण भएको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले प्राविधिक समस्याका कारण कहिलेकाहीँ बत्ती जाने समस्या हुने गरेको र त्यसको दीर्घकालीन समाधानका लागि यस्ता प्रकारको प्रसारण लाइनको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले ढल्केवर मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले सजिलैसँग विद्युत् बिक्री वितरण गर्न सक्ने समेत बताउनुभयो ।

विक्रम सम्बत २०७९/२०८० देखि नेपाल विद्युत्मा सबै मौसममा पनि पूर्णरुपमा आत्मनिर्भर भएर भारतमा विक्री गर्ने अवस्थामा पुग्ने गरी ठुला–ठुला विद्युत् आयोजनाको निर्माण गर्ने काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विद्युत्को विकासमा जुन गतिले काम भइरहेको छ, त्यसले अबको केही वर्षमा भारत तथा बङ्गलादेशमा नेपालको विद्युत् निर्यात गरेर देशलाई मनग्य आर्थिक लाभ हुने विश्वास दिलाउनुभयो ।

मुलुक समृद्धि र विकासका यात्रामा तीव्र गतिका साथ अगाडी बढेको बताउनुहुँदै सडक, ढल, व्यवस्थित सहरीकरणको कामले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कृषि क्षेत्रको विकासका लागि सुनकोसी मरिन डाईभर्सनको निर्माण गरेर तराईलाई समृद्ध बनाउने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले विगतमा आफूलाई सरकार तथा पार्टीमा राम्रो काम गर्न नदिनेहरू अहिले चोइटिएर गएको र यसले पार्टीमा कुनै असर नपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २०७८ वैशाख १७ गते प्रदेश नंं २ मा पहिलो चरणमा नै निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा लाग्न र सच्चा राष्ट्रभक्तलाई जिताउनका सबैलाई आग्रह समेत गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोप बहादुर रायमाझीले उज्यालो नेपाल अभियान पुरा गर्नका विद्युत् प्रसारण महत्त्वपूर्ण भएको बताउनुहुँदै नेपालमा बढी विद्युत् उत्पादन भएको खण्डमा भारत तथा बङ्गलादेशमा पनि यसैमार्फत बिद्युत् विक्री वितरण गर्न सकिने बताउनुभयो ।

उहाँले मुलुकमा एक सेकेन्ड पनि विद्युत् नजाने गरी ऊर्जा क्षेत्रको विकासमा आधुनिक प्रविधिको प्रयोग गर्ने काम भइरहेको बताउनुभयो ।  ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइनको विकास तथा विस्तार आवश्यक रहेको उहाँले औँल्याउनुभयो  ।

कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो, ऊर्जा सचिव दिनेश कुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका  कार्यकारी निर्देशक जितेन्द्र देव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइनको विकास तथा विस्तार आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा मिथिला नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन समेत गरेको थियो ।

आज उद्घाटन भएको प्रसारण लाइनबाट नेपालबाट भारतमा र भारतबाट नेपालमा ९ सय ४५ मेगावाट विद्युत्को आदान प्रदान गर्न मिल्ने भएको छ ।

ढल्केवरमा नै निर्माण भइरहेको अन्य प्रसारण लाइनको काम जारी रहेको र सबैको निर्माण सकेपछि पूर्व र पश्चिम गरेर ४ हजार मेगावाट विद्युत्को प्रसारण गर्न मिल्ने पनि नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालमा विद्युत उत्पादनको एक शताव्दी भन्दा पुरानो इतिहासमा आज प्रथम पटक ४०० के.भी. सवस्टेशन निर्माण सम्पन्न भई ढल्केवर (मुजफ्फरपुर लाइन सहित ४०० के.भी) मा सञ्चालनमा आउने भएको छ ।

नेपालसरकारको राष्ट्रिय बिद्युत विकास दशक कार्यक्रम अन्तर्गत निर्माण भएको सो.सबस्टेशन जीआईएस प्रबिधिमा आधारित स्वचालित सबस्टेशन हो । यो शबस्टेशनको केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश नं २ को धनुषा जिल्ला मिथिला नगरपालिका वडा न७ मा अवस्थित ढल्केबर अयोजनामा ३१५ एमभीए क्षमताका तीन थान ४०० र २२० के.भी.ट्रान्सफरमरहरु तथा ८० एकमीए.क्षमता भएको एकथान ४००के.भी.रियाक्टर जडित यस४०० के.भी.सबस्टेशनबाट करिब ९०० मेगावाट विद्युत ४०० के.भी. र २२० के.भी. मा आदानप्रदान गर्न सकिन्छ ।

ढल्केबर मुजफ्फरपुर४०० के. भी. प्रसारण लाइन मार्फत भारतसंग करिब एह हजार मेगावाट सम्मविद्युत आदानप्रदान गर्न सकिन्छ भने हेटौडादेखि इनरुवासम्म बन्दै गरेको४०० केभी प्रसारण लाईनको निर्माण पछि करीब दुई हजार मेगावाटसम्मको विद्युत हेटौडा तर्फर२०००मेगावाटसम्मको विद्युत इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तैयार हुनेछ । गोरखापत्र

Facebook Comments