२०८३ आश्विन १२, सोमवार

क्युबाको राष्ट्रिय सार्वभौमिकता रक्षा र बाह्य हस्तक्षेपको विरोधलाई चीनद्वारा दृढतापूर्वक समर्थन

       

पैचिङ । सेप्टेम्बर २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता क्वो च्याखुनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा चीन-क्युबा सम्बन्धसम्बन्धी प्रश्नको जवाफ दिँदै प्रवक्ता क्वोले भन्नुभयो चीन र क्युबाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वार्षिकोत्सवमा, दुई देशबीचको मित्रता पुस्तौंसम्म हस्तान्तरण भएको छ।

अन्तर्राष्ट्रिय परिस्थिति जेसुकै परिवर्तन भए पनि, चीनले पहिलेझैं क्युबाले आफ्नो देशको अवस्था अनुकूलको समाजवादी विकास मार्गको खोजीलाई दृढतापूर्वक समर्थन गर्नेछ, क्युबाले आफ्नो राष्ट्रिय सार्वभौमिकता रक्षा गर्ने र बाह्य हस्तक्षेपको विरोध गर्ने कार्यलाई दृढतापूर्वक समर्थन गर्नेछ।

Facebook Comments