२०८३ आश्विन ९, शुक्रवार

५१२ वटा पालिकामा नेपाली  कांग्रेसको अधिवेशन सुरु   

       

ललितपुर  ।  नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये ५१२ पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । पालिका अधिवेशन सुरु हुन बाँकी २४१ पालिकामा यही असोज ८ र ९ गते अधिवेशन प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । रासस

Facebook Comments