Wed. Jul 29th, 2026

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा सुनसरी घटनाका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराउनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ ।

Facebook Comments