अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्ट पराजित
एटलान्टा, जुलाई ८, २०२६ (सिन्ह्वा) -- अर्जेन्टिनाका लियोनेल मेस्सी (शीर्ष) जुलाई ७, २०२६ मा संयुक्त राज्य अमेरिकाको एटलान्टाको एटलान्टा स्टेडियममा २०२६ फिफा विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीचको राउन्ड अफ १६ को खेल पछि आफ्ना सहकर्मीहरूसँग उत्सव मनाउँदै। (सिन्ह्वा/हुआङ जोङझी)
काठमाण्डू । इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।
खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पु¥याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।
त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०+३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३/२ को जित दिलाए । रासस

