लेबनान, सिरिया, गाजाबाट तत्काल इजरायली सेना फिर्ता हुँदैन : इजरायली रक्षा मन्त्री
इजरायलका रक्षामन्त्री इजरायल काट्ज । फाइल तस्वीर
जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजामा स्थापित स्वघोषित “सुरक्षा क्षेत्र“ बाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नतोकिएको बताउनुभएको छ ।
स्थानीय बासिन्दाहरूलाई जिहादीहरूबाट जोगाउन आईडीएफ लेबनान, सिरिया र गाजाको सुरक्षा क्षेत्रमा अनिश्चितकाल सम्मका लागि त्यहि रहने रक्षा मन्त्री इजरायल काट्जले बताउनुभएको छ ।
सन् २००६ को युद्धमा मारिएका इजरायली सैनिकहरूको सम्मानमा आयोजित समारोहमा बोल्दै काट्जले सुरक्षा क्षेत्रबाट पछि नहट्ने बताउनुभएको हो ।
काट्जले लेबनानमा आफ्नो कारबाहीलाई लिएर इजरायल माथि आक्रमण गरेमा इरान माथि “पूर्ण बल“ प्रहार गर्ने चेतावनी पनि दिनु भएको छ ।
इजरायल र लेबनानले शुक्रबार अमेरिकी प्रायोजन अन्तर्गत अमेरिकी मध्यस्थताको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत इजरायली अधिकारीहरूले दक्षिणी लेबनानबाट सेना फिर्ता लिन बारम्बार अस्वीकार गरेका छन्, जहाँ इजरायली सेनाहरूले हेजबुल्लाह लडाकुहरूसँग झडप जारी राखेका छन् ।
लेबनानमा हेजबुल्लाहलाई निशस्त्र गरिसके पछि मात्र सेनाको फिर्ती हुने उनीहरूको भनाइ छ ।
हेजबुल्लाहले मार्चको सुरुमा लेबनानलाई मध्यपूर्व युद्धमा ल्याए र अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायललाई लक्षित गरी रकेट प्रहार गरेको थियो ।
यसको जवाफमा इजरायलले हवाई तथा स्थलगत आक्रमण गर्यो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भए देखि इजरायली आक्रमणमा करिब चार हजार ३०० जनाको मृत्यु भएको छ ।
यसै गरी इजरायली सेनाले मार्चको सुरुमा लडाइँ सुरु भए देखि लेबनानमा ३८ जना सैनिक र एक नागरिक गुमाएको बताएको छ ।
गाजामा इजरायली सेनाले करिब ७० प्रतिशत भूभाग बब्जा गरेको जनाइएको छ ।
प्यालेस्टिनी इस्लामवादी आन्दोलनरथ समुह हमास र इजरायली सेना दुवैले एक-अर्कालाई गत वर्षको अक्टोबर देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । एएफपी

