Sat. Jun 27th, 2026

साहित्यकार कोइरालाद्वारा  काठमाण्डू  बाल अस्पताललाई १ करोड ५० लाख आर्थिक सहयोग   

       

काठमाण्डू । साहित्यकार रामप्रसाद कोइरालाले  काठमाण्डू  बाल अस्पताललाई १ करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको

साहित्यकार कोइरालाको उपन्यासमेरी, उनी उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले
  काठमाण्डू बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गर्नुभयो

पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिनुभयो धन हुनेको मन हुँदैन मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बन्नुभएको , उहाँसँग धन मन दुवै ,” उहाँले भन्नुभयो

कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्रा.डा. कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोेइरालाप्रति आभार व्यक्त गर्नुभयो

साहित्यकार कोइरालाले आफ्नो पुस्तक जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो उहाँले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश जीवनका उकाली-ओराली समेटिएको बताउनुभयो

वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताउनुभयो उहाँले कोइरालाको कृति मेरी, उनी आँसु नै आँसुले भरिएको संस्करण भएको बताउनुभयो साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो

उहाँको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक राजनीतिक परिवेशको रोचक आख्यान भएको बताउनुभएको रासस

Facebook Comments