Fri. Jun 26th, 2026

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा   

SANTA CLARA, CALIFORNIA - JUNE 25: Tete Yengi #26 of Australia competes for the ball against Diego Gomez #8 of Paraguay during the FIFA World Cup 2026 Group D match between Paraguay and Australia at San Francisco Bay Area Stadium on June 25, 2026 in Santa Clara, California. Dean Mouhtaropoulos/Getty Images/AFP (Photo by Dean Mouhtaropoulos / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

       

काठमाण्डू । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’बाट चार अङ्क बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो ।

त्यस्तै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।

सोही समूहमा रहेको टर्की ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३-२ गोलअन्तरले पराजित भएको थियो । यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो । रासस

Facebook Comments