Thu. Jun 18th, 2026

बेलायती राजदूतद्वारा गुणस्तरीय सौँन्दर्य सामग्रीहरुसहितको “द बडी सप” शाखाको सुरुवात

       

ललितपुर । ललितपुरको लबिम मलमा गुणस्तरीय सौँन्दर्य सामग्रीहरुहरुसहितको “द बडी सप”को दोस्रो शाखाको सुरुवात भएको छ ।

नेपालका लागि बेलायतका राजदुतले रोब फेनले विहिवार राजधानीमा आयोजित कार्यक्रमकाबीच उक्त सौँन्दर्य सामग्रीहरुसहितको दोस्रो शाखाको उद्घाटन गर्नुभएको हो ।

उहाँले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लण्डनमा स्थापित द बडी सपले नेपाली पर्यावरणप्रेमी उपभोक्तासमक्ष आइपुगेको बताउनुभयो ।

राजदुतले प्राकृतिक सौन्दर्य, यहाँको संरक्षित जनावर बाघलगायत सगरमाथाको देशका रुपमा चर्चित मुलुक नेपालमा द बडी सपका कारण जनावर र प्रकृतिको संरक्षणका लागि हामी ऐक्यवद्ध छौँ भन्ने सन्देश दिने विचार व्यक्त गर्नुभयो ।
द बडि सपका व्यवस्थापक/निर्देशक सरु अर्याल प्रधानले सन् २०२१ मा दरवारमार्गमा स्थापना गरिएको उक्त व्यवसायको अनुभवले नेपालमा पनि गुणस्तरीय सौन्दर्य सामग्रीको खोजी गर्ने उपभोक्ता बढिरहेको जानकारी पाएपछि त्यसको शाखा लबिम मलमा पनि खोलिएको बताउनुभयो ।

उहाँले द बडि सपबारे जानकारी दिंदै भन्नुभयो,“लण्डनमा स्थापित सौन्दर्य सामग्रीको यस ब्रान्डले व्यापार, व्यवसाय मात्र गर्दैन, अर्ग्यानिक उत्पादनमा आधारित सौन्दर्य सामग्री बनाउने हुनाले विश्वका ग्रामिण भेगका न्युन आय भएका महिलालाई अर्ग्यानिक बस्तु उत्पादमा प्रोत्साहन गर्दै रोजगारीमा महिलालाई प्राथमिकता पनि दिन्छ र यस धर्तीमा आएका सबै प्राणीको बाँच्ने हकको रक्षाको साथै पर्यावरणको प्रवद्र्धन पनि सँगसँगै गर्ने नारा बोकेेकोले यस व्यवसाय मानव हितसँग पनि जोडिएको छ । ”

निर्देशक प्रधानले बडि सपमा पाइने सामग्रीहरु विषादि र रासायनिक मलको प्रयोग नगरी उत्पादित फलफूलमा आधारीत हुने भएकोले शरीरका छाला कपालमा लगाउँदा निक्कै राम्रो परिणाम दिन्छ, एक पटक द बडि सपका सामग्री उपभोग गरेका स्वदेशी तथा विदेशी उपभोक्ताको रोजाईमा परेर उपभोक्ताहरु खोजी/खोजी आउने गरेको अनुभव सुनाउनुभयो ।

उहाँले द बडि सपका सामग्री प्रयोग गर्दा विश्वका विपन्न महिलाहरुले कामको मुल्य पाउने, आफ्नो कपाल, छालाको स्वास्थ्य राम्रो पनि हुने र जनावर र जलवायु, पर्यावरणको रक्षा हुनेलगायतका फाइदा हुने भएकोले प्रचार सामग्री हेरर होइन, यहाँका सामग्री प्रयोग गरेर अनुभव बटुल्न आग्रह गर्नुभयो ।

द बडि सपका साझेदारका रुपमा आवद्ध गेट पेपर इन्डष्ट्रीजका मिलनदेव भट्राईले द बडि सपका सबै सामग्रीहरु प्याकिङ गर्ने कागजका बट्टाहरु नेपालबाट निर्यात भइरहेको र विगत ३७ वर्षदेखिको साझेदारी कायम रहेको जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read