Thu. Apr 23rd, 2026

अमेरिकी पूर्व विदेशमन्त्री पोम्पेओ लगायतका २८ जनामाथि चीनद्वारा प्रतिबन्ध

       

काठमाडौं, २०७७ माघ ९ गते शुक्रबार

चीन सरकारले अमेरिकी पूर्व विदेशमन्त्री माइकल पोम्पेओ लगायतका २८ जना उच्च अधिकारीमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।

ट्रम्प प्रशासनलाई वलियो ढंगले सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका माइकल पोम्पेओ लगायतका २८ जना उच्च अधिकारीहरुले चीन सम्बन्धी विषयमा चीनको सार्वभौमसताको गम्भीर उलंघन गरेकाले सो को जिम्मा लिनुपर्ने भन्दै चीनले प्रतिबन्ध लगाएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बिहीबार जानकारी दिएका छन् ।

चीनको परराष्ट्र मन्त्रालयको आधिकारिक वेभसाइट मा भनिएको छ, “केही वर्षदेखि, चीन विरोधी केही अमेरिकी राजनीतिज्ञहरूले आफ्नै राजनीतिक उद्देश्य र चीनप्रति पूर्वाग्रह तथा घृणाको आधारमा चिनियाँ तथा अमेरिकी जनताहरूको हितका वाबजुद शृङ्खलाबद्ध भ्रामक गतिविधिहरू संचालन गरी व्यवहारमा उतारेका छन्। उनीहरुका यस्ता कार्यले चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेको र चिनियाँ जनताहरूको मन र भावनामा चोट पुगेको छ। चीन-अमेरिका सम्बन्धलाई पनि गम्भीर रूपमा भङ्ग गरेको छ। आफ्नो देशको सार्वभौमसता, सुरक्षा, विकासको हितको संरक्षण गर्ने चीन सरकारको निश्चितता अडिग छ।”

सो वेभसाईटका अनुसार, “चीन विरोधी विषयमा चीनको सार्वभौमसताको गम्भीर उलंघन गरेका ती २८ जना जिम्मेवारी व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउने निर्णय चीनले गरेको हो। ती २८ जनामध्ये अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारका माइकल पोम्पेओ, पिटर के नार्भारो, रोबर्ट सी ओर्प्राइन, डेभिड स्टिलवेल आदि छन्। उनीहरू र उनका परिवारहरू चीनको मुख्य भूमि, हङकङ, मकाउमा प्रवेश निषेध छ र उनीहरूका कम्पनीहरू, संस्थाहरू पनि चीनसँग व्यापार गर्ने निषेध छ।”

Facebook Comments

सम्बन्धित समाचार