Mon. Jun 8th, 2026

चीन भ्रमणअघि पुटिनद्वारा भिडियोमार्फत सम्बोधन

- पुटिनले आजदेखि चीनको भ्रमण गर्नुहुँदै

       

काठमाण्डू । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा आज बिहान (मे १९ तारिख) भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। रुसले चीन र रुसका जनताबीचको सम्बन्ध अझ नजिक बनोस् र एकअर्काप्रति बुझाइ गहिरो होस् भन्ने चाहना राखेको पुटिनले बताउनुभयो।

पुटिनले जोड दिँदै भन्नुभयो, “म विश्वास गर्छु, हामी मिलेर रुस-चीन साझेदारी र छिमेकी मित्रता गहिरो बनाउन, दुवै देशको विकासलाई अघि बढाउन, दुवै देशका जनताको हित गर्न, र विश्वव्यापी सुरक्षा तथा स्थायित्व कायम राख्न सबै प्रयास जारी राख्नेछौँ।”

रुसका राष्ट्रपति पुटिन आज मे १९ देखि भोलि २० तारिखसम्म चीनको राजकीय भ्रमणमा आउनुहुने कार्यक्रम छ। पुटिनको यो चीनको २५औँ भ्रमण हुनेछ। CGTN

Facebook Comments