Wed. Jun 10th, 2026

हङकङ र थाइवान मामिलामा खराब गतिविधि चाल्ने अमेरिकी अधिकारीलाई प्रतिबन्ध लगाउने चीनको भनाइ

       

काठमाडौं, २०७७ माघ ६ गते मंगलबार

हाल अमेरिकाले ६ जना चीनको केन्द्रिय सरकार र हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका अधिकारीमाथि प्रतिवन्ध लगाएको घोषणा गरेको छ, चीनले त्यसको प्रतिक्रिया दिने बताएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनले हङकङ मामिलामा खराब गतिविधि गर्ने प्रमुख जिम्मेवार अमेरिकी प्रशासनिक एकाइका अधिकारीहरू, काँग्रेसका अधिकारी, गैर-सरकारी संगठनका व्यक्ति तथा तिनीहरूका परिवारलाई समेत पारस्परिक प्रतिवन्ध लगाउने निर्णय गरेको व्यक्त गर्नुभएको छ।

१८ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। उहाँले अमेरिकाका सम्बद्ध कारवाहीले हङकङ मामिला लगायत चीनको आन्तरिक मामिला र चीनको न्यायिक सार्वभौमिकतामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको गम्भीर उल्लंघन गरेकोले चीनले त्यसको कडा विरोध र निन्दा गरेको बताउनुभयो।

यसबाहेक अमेरिकाले अमेरिका र थाइवानबीचको आदान-प्रदानको सीमितता खुकुलो पार्ने लगायत गतिविधि चालेको प्रतिकृयास्वरुप चीनले थाइवान मामिलासँग सम्बन्धित अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिवन्ध लगाउने निर्णय गरेको प्रवक्ता ह्वाले प्रकट गर्नुभयो। सिआरआई

Facebook Comments