Thu. Apr 23rd, 2026

अफगानिस्तान द्वन्द्व: दुई महिला न्यायाधीशको गोली हानी हत्या

       

काठमाडौं, २०७७ माघ ४ गते आईतबार

अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन्।

उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए।

सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङ्ख्लाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन्।

त्यहाँ करिब २,५०० अमेरिकी सेना मात्रै बाँकी रहेको बताइएको छ।

यसै हप्ता बीबीसीलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका उपराष्ट्रपतिले अस्थिर राष्ट्रबाट अमेरिकी सेना फिर्ता हुनुले हिंसाको जोखिम झन् बढाएको बताएका थिए।

Facebook Comments

सम्बन्धित समाचार