राष्ट्रपतिसँग बिदाइ भेट
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सोङले राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा राजदूत छन सोङलाई धन्यवाद ज्ञापन गर्नुभयो । रासस
Facebook Comments

