Tue. Jun 16th, 2026

हमासको कब्जामा पर्नुभएका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि   

       

भिओके समाचार/काठमाण्डू । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा पर्नुभएका भएका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

हमासले शब बुझाएका नेपाली विद्यार्थी विपिन जोशी लगायतका बन्दीहरु, फोटो सामाजिक सञ्जाल

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट वि.सं. २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।

नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”

इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो ।

Facebook Comments