Mon. Apr 20th, 2026

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक

बुधबार सौर्य एयरको जहाज दुर्घटनापश्चात् त्रिभुवन विमानस्थलमा सवार १८ जना कर्मचारीको शवको उद्धार गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर : प्रदीपराज वन्त/रासस

       

काठमाण्डू ।  सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन-एएमई-सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल हुनुभएको थियो । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । रासस

Facebook Comments