Mon. Apr 20th, 2026

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु   

       

देउखुरी (दाङ), २०८२ असार ३० गते सोमबार । दाङको घोराही-रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राससका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार