Wed. Apr 22nd, 2026

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो   

       

काठमाण्डू, २०८२ जेठ २५ गते आईतबार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ ।

आज जलविद्युत् समूह एक दशमलव २२ र होटल तथा व्यापार समूह शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शून्य पाँच, विकास बैंक शून्य दशमलव शून्य छ, वित्त शून्य दशमलव ९१, लगानी शून्य दशमलव शून्य आठ र जीवन बिमा समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ७०, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ९५, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ७२ करोड ९५ लाख १४ हजार ६६० बरबरको शेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments