Fri. Jun 19th, 2026

टोखामा कर्जा सचेतना कार्यक्रम सम्पन्न

       

रमेश हतुवाली/काठमाण्डू, २०८२ जेठ १७ गते शनिबार । राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष तथा अर्थविद् डा. रेवत बहादुर कार्कीले बैंक तथा वित्तिय संस्थाहरुले कर्जा लगानी र कर्जा असुलीमा जीम्मेवार हुनुपर्ने बताउनुुभएको छ ।
आज टोखा विकास अनुसन्धान समाज, काठमाण्डुुले टोखा नगरपालिका वडा नम्वर ८ मा आयोजना गरेको कर्जा सदुुपयोगिता सम्बन्धि अन्तरक्रियामा बोल्नुहुँदै पूर्वअध्यक्ष कार्कीले सो कुरा बताउनुु भएको हो । पूर्वअध्यक्ष कार्कीले घर र समाज चलाउन सुशासनको आवश्यकता भए जस्तै बैंक चलाउन पनि सुशासनको आवश्यकता हुने भन्दै बैंकबाट कर्जा लिएपछि कर्जा समयमै तिर्ने दायित्व पनि कर्जा लिनेको नै हुने बताउनुभयो ।

डा. रेवत बहादुर कार्की, पूर्वअध्यक्ष, राष्ट्रिय वाणिज्य बैंक

अन्तरक्रियामा राष्ट्रिय वाणिज्य बैंक टोखाका कर्जा शाखा प्रमुख गोविन्द प्रसाद पाण्डेले कर्जाका प्रकार, कर्जा लिएपछिका दायित्व र कर्जाबाट हुन सक्ने आर्थिक लाभ लगायतका विषयमा जानकारी दिनुभयो ।

गोविन्द प्रसाद पाण्डे, कर्जा शाखा प्रमुख, राष्ट्रिय वाणिज्य बैंक, टोखा

कार्यक्रम आयोजक संस्था टोखा विकास अनुसन्धान समाजका अध्यक्ष रामजी रेग्मीले कर्जाको दूूरुपयोग गर्दा कर्जा लिने मात्र नभई कर्जाको सदूपयोग गर्ने व्यक्ति वा संस्था समेत डुुब्ने भएको हुनाले जुन कामका लागि कर्जा लिएको हो सोही काममा रकम लगानी गर्न आग्रह गर्नुभयो । साथै रेग्मीले नेपाल ग्रे लिस्टमा परेसँगै अन्तर्राष्ट्रिय क्षेत्रले नेपाललाई नकारात्मक रुपमा हेर्ने गरेको जानकारी समेत दिनुभयो ।

  रामजी रेग्मी, अध्यक्ष, टोखा विकास अनुसन्धान समाज

अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्व अधिकृत प्रदीप भट्टराई, ग्रामिण वचत तथा क्रण शहकारी संस्थाका अध्यक्ष चन्द्र राज न्यौपाने, टोखा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष घनश्याम खड्का लगायतले कर्जा लिनु भन्दा अघि विचार गर्ने कुराहरु, कर्जा लिएपछिका दायित्व र कर्तव्यबारे बोल्नु भएको थियो ।

Facebook Comments