Fri. Apr 19th, 2024

चीनको अर्थतन्त्र लगातार र स्थिर रुपमा पुनस्उत्थान हुँदै

काठमाडौं, २०७७ कात्तिक ३ गते सोेमबार

“विश्वका धेरैजसो स्थान यथावत रुपमा नयाँ कोरोना महामारीको कठिन अवस्था भोगिरहेको अवधिमा चीनले पुन: एक पल्ट के प्रमाणित गरेको छ भने सशक्त रुपमा महामारीको नियन्त्रण गरेपछि तीव्र गतिले आर्थिक पुन:उत्थान हुनसक्ने सम्भावना रहेको छ।”

चीन सरकारले अक्टोबर १९ तारिख तेस्रो त्रैमासिक आर्थिक तथ्याङ्क सार्वजनिक गरेपछि न्युयोर्क टाम्सले उक्त मूल्याङ्कन गरेको हो।

सीआरआईका अनुसार चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, तेस्रो त्रैमासिक अवधिमा चीनको आर्थिक बृद्धि दर ४.९ प्रतिशत पुगेको छ। समष्टिगत रुपबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा कूल गार्हस्त उत्पादनको बृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएको छ भने बृद्धिदर पनि पहिलेको नकारात्मक बृद्धिबाट अहिलेको सकारात्मक बृद्धिमा परिणत भएको छ। आर्थिक प्रचलन लगातार र स्थिर रुपमा पुनस्उत्थान हुँदै आएको देखिन्छ।

यसका अतिरिक्त रोजगारी र जनजीवन सम्बन्धी प्रत्याभूति नीतिले पनि निरन्तर रुपमा सशक्त भूमिका निर्वाह गर्दै जानेछ। अघिल्ला तीन त्रैमासिक अवधिमामा शहर तथा गाउँबस्तीमा नयाँ थपिएको रोजगारीको संख्या ८९ लाख ८० हजार रहेकाले वर्षभरिको लक्ष्य र कार्यभार मोटामोटी रुपमा सम्पन्न भएको छ।

विश्वको दोस्रो ठूलो आर्थिक समुदायको हैसियतले चीनको अर्थतन्त्र क्रमशस् राम्रो हुँदै आएको अवस्थाले विश्व अर्थतन्त्रको पुन:उत्थानका लागि सकारात्मक प्रभाव पनि पार्नेछ। समष्टिगत दृष्टिबाट हेर्दा चीनको अर्थतन्त्र राम्रो दिशातर्फ परिवर्तित हुँदै जाने आधारभूत अवस्थामा कुनै परिवर्तन भएको छैन।

Facebook Comments