प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा व्यस्त…. फोटो फिचर
भिओके समाचार/काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर एवम् भारतको विदेश मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूले हार्दिक स्वागत गर्नुभएको छ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ। उहाँहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत जानु भएको हो।



फोटो : प्रधानमन्त्री कार्यालयको फेसबुक पेज

