Wed. Apr 24th, 2024

युएनडीपीद्वारा ७५ लाख रुपैँया बराबरका स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण

विराटनगर, २०७७ कात्तिक ३ गते सोेमबार

युएनडीपीले ७५ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ ।

क्लिक धरान अनलाईनका अनुसार स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनवहादुुर चन्दले हस्तान्तरण गर्नुभएको थियो ।  स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताउनु भयो । कोभिड अस्पतालमा थप वेड विस्तारसहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उहाँले बताउनु भयो ।

यसैगरि, विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा अक्सिजनसहित एकसय वेडको अस्पताल संचालनको तयारी गरिरहेको बताउनु भयो । युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले बताउनु भयो ।

Facebook Comments