Wed. Nov 25th, 2020

कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थगित

- कोरोनाले चारैतिर हाहाकार

काठमाडौं, २०७७ कात्तिक ३ गते सोेमबार

लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थगित गरेको छ ।
लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

गोरखापत्र अनलाईनका अनुसार लोकसेवाले निजामती तथा संगठित संस्थाहरुको समेतको सबैको परीक्षा स्थगित गरेको आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले बताउनुभयो ।

उहाँले निजामती तर्फको मात्र करीब तीन हजार पदका लागि परीक्षा हुन लागेको थियो । उहाँले संगठित संस्थामा कतिपदका लागि परीक्षा हुन लागेको भने यकिन नभएको बताउनुभयो ।

Facebook Comments