Sat. Apr 27th, 2024

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार रोजन पेनरोज, रेनहार्ड गेनजेल र एन्ड्रिया घेजलाई

काठमाडौं, २०७७ असोज २० गते मंगलबार

सन् २०२० मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । यस वर्ष यो पुरस्कार रोजन पेनरोज, रेनहार्ड गेनजेल र एन्ड्रिया घेजलाई दिइने भएको छ । पुरस्कार राशिको आधा हिस्सा पेनरोजलाई दिइने छ भने बाँकी आधा रेनहार्ड र एन्ड्रियाले पाउनेछन् ।

उज्यालो अनलाईनका अनुसार पेनरोजले ब्ल्याक होलको बनावट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने पत्ता लगाएको, गेन्जेल र गेजले तारापुञ्जको बीच भागमा एउटा सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्छ छ भन्ने पत्ता लगाएबापत पुरस्कार दिइन लागेको नोबेल कमिटीले जनाएको छ ।

बेलायती वैज्ञानिक पेनरोज अक्सफोर्ड विश्वविद्यालयको प्राध्यापक पनि हुन् । जर्मन नागरिक गेन्जेल बर्कली विश्वविद्यालयका प्राध्यापक र अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् ।

यसअघि सोमबार चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरसको खोजी गर्ने हार्भी जे अल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइने तय भएको छ ।

Facebook Comments