Fri. May 3rd, 2024

प्रधानमन्त्री ओलीका तीनै जना सल्लाहकारलाई एकै दिन कोरोना संक्रमण पुष्टि

काठमाडौं, २०७७ असोज १७ गते शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार र परराष्ट्र मामिला सल्लाहकारसहित तीन जनालाई एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकारराजन भट्टराईलाई एकैदिन शनिबार कोरोना पुष्टि भएको हो।  तीन जनाले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको खवर नागरिक अनलाईनले लेखेको छ ।

उहाँहरुले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह समेत गर्नु भएको छ ।

Facebook Comments