Thu. Apr 25th, 2024

चीनले आन्तरिक पर्यटनबाट एक दिनमै ११ अर्ब अमेरिकी डलर कमायो

काठमाडौं, २०७७ असोज १७ गते शनिबार

चीनले आन्तरिक पर्यटनबाट अक्टोबर २ तारिख शुक्रबार एकै दिन ११ अर्ब २६ करोड ६६ लाख ९४ हजार ६ सय ३४ अमेरिकी डलर आम्दानी गरेको छ ।

अक्टोबर २ तारिख चीनको राष्ट्रिय दिवसका लागि ८ दिने छुट्टीको दोस्रो दिन हो। प्राप्त तथ्यांक अनुसार, अक्टोबर २ तारिख चीनले १९ करोड ८० लाख स्वदेशी पर्यटकको सत्कार गरेको छ, जुन गत वर्षको सोही दिनको तुलनामा ८०.३ प्रतिशत रहेको छ। सीआरआईका अनुसार अक्टोबर २ तारिख पर्यटन सम्बन्धी आय ७६ अर्ब ५१ करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही दिनको तुलनामा ६९.५ प्रतिशत रहेको छ।

राष्ट्रिय दिवसको दोस्रो दिन निजी सवारीसाधनबाट यात्रा गर्नेहरुको संख्या धेरै मात्रामा बढेतापनि चीनको राजमार्ग सञ्जालको संचालन स्थिर रहेको थियो। रेलमार्गबाट यात्रा गर्ने यात्रुहरुको संख्या पनि बढी थियो।

अस्ति अक्टोबर १ तारिख चीनको रेलमार्गबाट आवतजावत गरेका यात्रुहरुको संख्या १ करोड ५० लाख ९० नब्बे हजार पुगेको थियो। जुन कोरोना भाइरस महामारीदेखि रेलमार्गबाट यात्रा गर्ने नयाँ कीर्तिमान सिर्जना भएको थियो

Facebook Comments