Fri. Apr 19th, 2024

परराष्ट्र मन्त्रीको प्रश्न : आणविक हतियारमा लगानी गर्ने कि गरिवी निवारणमा ?

काठमाडौं, २०७७ असोज १७ गते शनिबार

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक लगानी आणविक हतियारमा गर्ने हो कि गरिवी निवारणमा भनी आफैंलाई प्रश्न गर्ने समय आएको बताउनु भएको समाचार अनलाईन खवरले  छापेको छ ।

आणविक हतियारलाई पूर्ण रुपमा उन्मुलन गर्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिएको उच्चस्तरीय सम्मेलनलाई भर्जुअल सम्बोधन गर्दै उहाँले सो प्रश्न गर्नुभएको हो । साथै, मन्त्री ज्ञवालीले अनन्त सर्वनाशमा लगानी गर्ने कि वातावरण संरक्षणमा रु भन्ने प्रश्न पनि गर्नुभएको छ ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘यी प्रश्नहरुको उत्तर एकदमै सामान्य र सीधा छ । हामीले मानिसको र समग्र मानवताको सुरक्षा र हितमा फोकस गर्नुपर्ने आवश्यकता छ । हामीले निःशस्त्रीकरणको लाभांश दीर्घकालीन विकास लक्ष्यको प्राप्तीमा डाइभर्ट गर्न आवश्यक छ ।’ उनले हरेक वर्ष आणविक हतियारमा धेरै पैसा खर्च भइरहेको बताउनु भयो ।

ज्ञवालीले हतियारमा गरिने लगानीको मूल्यको एउटा सानो अंशले लाखौं मानिसलाई भोकमरी र रोगबाट जोगाउने, स्वच्छ खानेपानी र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए । बिग्रदो वातावरणीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री ज्ञवालीले त्यसका लागि अझै बढी कूटनीतिक प्रयासहरु गर्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा मन्त्री ज्ञवालीले आणविक हतियार सम्बन्धी नेपालको पोजिसनलाई अन्तर्राष्ट्रिय समुदाय माझ स्पष्ट रुपमा राखेका छन् । उनले भने, ‘म नेपालको अडानलाई पुनः दोहो¥याउन चाहान्छु कि एक निश्चित समयतालिका मार्फत सम्पूर्ण रुपले आणविक र जन विनाशकारी अन्य हतियारको सम्पूर्ण रुपले निःशस्त्रीकरण गरेर मात्र शान्ति र सुरक्षा प्राप्त गर्न सकिन्छ ।’

उहाँले अझ जोडदिंदै भन्नुभयो, ‘आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग र आणविक हतियारको पूर्ण रुपमा निःशस्त्रीकरण एकै सिक्काका दुईपटा हुन् भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।’ उहाँले आणविक प्रविधीलाई शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्ञवालीले सो प्रविधिलाई स्वास्थ्य, कृषि उत्पादकत्व वृद्धि, मानव जीवन जोगाउने प्रयोजनका लागि उपयोग गर्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘आणविक हतियार बढ्दै गएमा विश्व कहिले पनि सुरक्षित बन्न सक्दैन ।’

Facebook Comments