तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी

भिओके समचार/ काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । काठमाण्डूको तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाण्डूले कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।
Facebook Comments