Sun. Apr 6th, 2025 12:40:50

भाषाविद् गौतमको निधन

काठमाण्डू, २०८१ फागुन १३ गते मंगलबार । चर्चित भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा हिजो (सोमबार) काठमाण्डूमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

चालिसको दशकमा उहाँले लेख्नु भएको अंग्रेजी ग्रामर अत्यन्त लोकप्रिय मानिन्थ्यो । विशेष गरेर एसएलसी परीक्षा दिने धेरै विद्यार्थीहरुको हातमा गौतमको ग्रामर हुने गर्दथ्यो । गौतम ग्रामरका नामले चिनिने चुडामणि गौतमको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । यसलाई नेपालमा सबैभन्दा बढी बिक्री भएको पनि पुस्तक मानिन्छ ।

गौतमले नेपाली व्याकरण तथा रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, शुद्ध नेपाली लेख्ने यसरी, हायर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यासलगायत नेपाली र अङ्ग्रेजी व्याकरणसम्बन्धी पुस्तकहरु लेख्नु भएको छ ।

उहाँको जन्म तेह्रथुमको खाम्लालुङमा भएको थियो ।

Facebook Comments