Sun. Apr 13th, 2025 04:30:29

यू.एस.ए.आई.डी.मार्फत सञ्चालित चारवटा कार्यक्रम प्रभावित

काठमाण्डू, २०८१ फागुन १३ गते मंगलबार । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यू.एस.एआई.डी) को स्रोत मार्फत सरकारले सञ्चालन गरेका चार वटा कार्यक्रम तत्कालका लागि प्रभावित भएका छन् ।

अर्थ मन्त्रालयले हिजो (सोमबार) विज्ञप्ति निकालेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा जारी गर्नुभएको कार्यकारी आदेशबाट अमेरिकी सहयोग नियोग मार्फतका ४ वटा कार्यक्रम ९० दिनका लागि स्थगित भएका जानकारी गराएको हो । अर्थ मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रम स्थगित भएका हुन् ।

यू.एस.ए.आई.डी.को स्रोतमार्फत सरकारले सञ्चालन गरेका ४ वटा कार्यक्रम तत्कालका लागि प्रभावित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी आदेशबाट अमेरिकी सहयोग नियोग मार्फतका चार वटा कार्यक्रम ९० दिनका लागि स्थगित भएका अर्थ मन्त्रालयको विज्ञप्तिमा उल्लेख ।।

जैविक विविधता, प्रदेश र स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम पनि रोकिएका तर यी कार्यक्रम डिजाइनकै क्रममा रहेकाले बजेट आइनसकेको विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललगायत केही देशमा यू.एस.एआई.डीले गरेका लगानीलाई ठगी भएको बताउनुभएको थियो ।

ट्रम्पले उल्लेख गर्नुभएको नेपालको जैविक विविधता सम्बन्धी कार्यक्रम र वित्तीय सङ्घीयता सम्बन्धी कार्यक्रम आइनसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

Facebook Comments