Fri. Apr 19th, 2024

संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ बार्षिकोत्सवमा चीनको अडान

काठमाडौं, २०७७ भदौं २६ गते शुक्रबार

चीन परराष्ट्र मन्त्रालयले सेप्टेम्बर १० तारिख “संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ बार्षिकोत्सवमा चीनको अडान” शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ। सो प्रस्तावमा संयुक्त राष्ट्र संघको प्रभाव, अन्तर्राष्ट्रिय परिस्थिति, दिगो विकास, कोभिड-१९ महामरीको संयुक्तरूपमा रोकथाममा चीनको अडान तथा विचारका बिषयहरू समेटिएका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सो प्रस्तावले हाल विश्वको परिस्थिति चालु बर्षदेखि ठूलो परिवर्तन हुन थालेको र कोभिड-१९ महामारीको फैलावटले परिवर्तनलाई तीब्ररूपमा प्रभाव पारेको औंल्याएको छ। संरक्षणवाद, एकपक्षवाद र प्रभुत्ववाद फेरि उत्पन्न भएको भन्दै केही मुलुक तथा राजनीतिक समूहले आफ्नो जिम्मेवारी बहन नगरी अन्तर्राष्ट्रिय सहकार्यलाई क्षति पुर्‍याएको उक्त प्रस्तावमा उल्लेख छ। त्यस्ता मुलुकले विश्वलाई खतरनाक परिस्थितिमा पुर्‍याएको पनि औँल्याइएको छ।

प्रस्तावका अनुसार विश्वका विभिन्न मुलुकहरूले संयुक्त राष्ट्र संघको विधान तथा सिद्धान्तको अडिगताका साथ पालना गर्नुपर्ने र बहुपक्षीयवादलाई समर्थन दिनुपर्ने र एकपक्षवाद तथा प्रभुत्ववादको संयुक्तरूपमा प्रतिरोध गर्नुपर्ने आवश्यक छ।

Facebook Comments