Thu. May 2nd, 2024

चीन र भारतका परराष्ट्र मन्त्रीबीच मस्कोमा भेटवार्ता, वार्ता सीमा समस्यामा केन्द्रित

Chinese State Councilor and Foreign Minister Wang Yi (R) meets with Indian External Affairs Minister Subrahmanyam Jaishankar on the sidelines of the meeting of the SCO Council of Foreign Ministers in Moscow, Russia, September 10, 2020. /Photo via Chinese Foreign Ministry

काठमाडौं, २०७७ भदौं २६ गते शुक्रबार

चीनको राज्य परिषद् सदस्य एवं चीनका परराष्ट्र मन्त्री वाङ यीले मस्कोमा भारतका विदेशी मन्त्री एस जैशंकरसँऊ भेट-वार्ता गर्नुभएको छ। बिहीबार सम्पन्न सो भेटमा दुवै पक्षले चीन र भारतबीचको सीमा क्षेत्रीय परिस्थिति तथा दुवै देशबीचको सम्बन्धबारे वैचारिक आदान-प्रदान गर्नुका साथै विभिन्न बिषयका पाँचवटा ठोस सहमति गरेका छन्।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार सहमतिमा रहेको पाँचवटा ठोस बिषयमा दुवै पक्षले चीन-भारत सम्बन्धको विकास गर्ने र दुवै देशका नेताबीचको सहमतिका महत्वपूर्ण सिद्धान्तको पालना गर्नुका साथै मतभेतलाई सकेसम्म घटाइनेछ। दुवै पक्षका सेनाले निरन्तररूपमा संवाद गर्नुका साथै आवश्यक दूरीमा रहेर द्वन्द्वलाई प्रतिरोध गरिनेछ। चीन-भारत सीमा क्षेत्रीय मामिलाको नीति र हिसाबको पालना गर्नुका साथै सीमा क्षेत्रको गम्भीर परिस्थिति रोक्न आवश्यक छ। दुवै पक्षले सम्पर्क गर्नका लागि चीन-भारत सीमा क्षेत्रीय मामिलाको विशेष प्रतिनिधिहरूसँगको भेट-वार्ता आयोजना गर्ने सहमतिमा पुगेका छन्। दुवै पक्षले नयाँ आपसी विश्वासको प्रणालीलाई छिटो निर्माण गर्नुका साथै क्षत्रीय शान्तिपूर्ण परिस्थितिलाई सुरक्षा गर्नुपर्छ।

ती ठोस बिषयहरूमार्फत चीन र भारतको नेताहरूले उच्चस्तरीय रणनीतिक उद्देश्यका अनुसार दुई देशबीचको सम्बन्धलाई विकास गर्न प्रयास गरेका छन्।

Facebook Comments