Tue. Mar 18th, 2025 03:23:09

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला भव्य रुपमा सम्पन्न

- चीनमा महामारीपछिको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम

काठमाडौं, २०७७ भदौं २५ गते बिहीबार

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर ९ तारिख पैचिङमा सफलताका साथ सम्पन्न भएको छ।

सो मेलामा पर्यटनीय लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको कूल रकम १५ अर्ब ७१ करोड चिनियाँ युआन पुगेको छ भने पैचिङ शहरले ८० भन्दा बढी सांस्कृतिक परियोजना निर्माण गर्नका लागि ६० अर्ब चिनियाँ युआनको सम्झौता गरेको छ। यस बाहेक अन्तर्राष्ट्रिय खरीद संगठन र प्रदर्शनी मेलामा भाग लिएका ८ वटा उद्योग व्यवसायसँगको सहकार्यमा भविष्यमा १ खर्ब ७० अर्ब चिनियाँ युआन पुग्ने जनाइएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार हालसम्म विश्वव्यापी कोभिड-१९ महामारी सम्पूर्णरूपमा रोकथाम भएकाले परिस्थितिमा चीनले कठिनाई पार गरी यस्तै ठूलो परिणामको अन्तर्राष्ट्रिय व्यापारिक कार्यक्रमको आयोजना गरेको छ। यसको खास कारण चीनले अन्तर्राष्ट्रिय व्यापारको विकास बढाउन खुलापन विचार बमोजिम त्यस्तै महत्वपूर्ण कार्यक्रम बनाएको हो।

विश्वका विभिन्न मुलुकहरूबीचको आपसी सम्मानमा व्यापार सेवाको आदानप्रदान हुनेछ। हाल सेवा व्यापारको मात्रा बृद्धि हुदैआएको छ। सन् १९७० मा सेवा व्यापार विश्वव्यापी व्यापारको मात्रामा ९ प्रतिशत मात्रै थियो। हाल सेवा व्यपारको मात्रा विश्वको कूल मात्रामा २० प्रतिशत ओगटेको छ। सन् २०४० सम्म सो प्रतिशतको संख्या ३० प्रतिशत भन्दा बढी रहने भएको छ। यस दृष्टिकोणबाट हेर्दा सेवा व्यापार विश्वको आर्थिक विकासको मुख्य शक्ति बन्दै आएको देखिन्छ।

चीन कोभिड-१९ महामारी राम्ररी रोकथाम गर्ने मुलुकमा मानिन्छ। अगष्टसम्म चीनको सेवा उद्योग संचालन भएका चार महिना यता निरन्तररूपमा पुनरूत्थान भइरहेको छ। विश्वको आर्थिक मंदी भएको अवस्थामा चीनको आर्थिक विकास जस्तै सेवा उद्योग पनि बृद्धि हुँदै आएको छ र विश्वमा धेरै सेवा व्यापार गर्ने मुलुकमा चीन दोस्रो स्थानमा रहेको छ। यी तथ्याङकबाट महामारीको रोकथाममा विश्वमा पहिलो यस्तो अन्तर्राष्ट्रिय कार्यक्रम आयोगजित गर्ने चीनसँगको आत्मविश्वास तथा क्षमता पुष्टि भएको छ।

सन् २०१८ मा चीनको सेवा व्यापारको कूल रकम युरोपीन संघ, अमेरिका र बेलायतसमेतका विकसित मुलुकको तुलनामा पनि कम देखिएको थियो। यसैले यस पटकको सेवा व्यापार मेलाको मुख्य बिषय “विश्वको सेवा, आपसी हितकर र बाँडफाँड” थियो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो मेलाको उद्घाटन सम्मेलनमा बोल्दै विश्वका विभिन्न मुलुकबीचको सेवा व्यापारिक सम्पर्कलाई अझ बढी घनिष्ट बनाउनुपर्ने, सहकार्यलाई गहन बनाउनका लागि नयाँ उपायको सिर्जना गर्नुपर्ने र व्यापारिक हितकरलाई सक्रियरूपमा ठूलो बनाउनुपर्ने र सेवाको व्यापारलाई अरू बढी विकास गर्नुपर्ने बताउनुभयो।

चीनमा महामारीपछिको योे नै पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

Facebook Comments