Thu. Apr 25th, 2024

अमेरिकाको न्युयोर्क राज्यको जमैकामा “जमैका नेपाली सोसाईटी” गठन

काठमाडौं, २०७७ भदौं २५ गते बिहीबार

अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सहरमा रहेको कुइन्सको जमैकामा “जमैका नेपाली सोसाईटी”को गठन गरिएको छ ।

अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सहरमा रहेको कुइन्सको जमैकामा नेपालीहरू स्थायी वासिन्दाको रूपमा दिन प्रतिदिन बढिरहेको वास्तविकतालाई मध्य नजर गर्दै उनीहरुबीचको आपसी एकतालाई जोड्दै त्यसलाई संगठित रुप दिन एउटा विधिवत संस्थाको आवश्यकता महसुस गरि एक भेलाको आयोजना गरिएको थियो ।

गत आईतबार सम्पन्न सो भेलाले कृष्ण आचार्यको अध्यक्षतामा जमैका नेपाली सोसाईटीको गठन गरेको छ । नव गठित संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष नेवांग गुरुंग, सचिव भिम न्यौपाने, कोषाध्यक्ष मुना ओझा रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा डा. प्रेम तिम्सिना, राजेश ढुंगेल, राम कार्की, पुस्कर खनाल, कृष्ण लामिछाने रहनु भएको छ ।

उक्त भेलाले जमैकामा बस्ने नेपालीहरूको सम्पर्कलाई व्यापक बनाउने , नवगठित संस्थामा जमैकामा बस्ने सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै लाने र नेपाली संस्कृतिको जगेर्ना गर्दै त्यहाँ बस्ने नेपालीहरुलाई थप गोलवन्द हुँदै जाने निर्णय गरेको संस्थाका अध्यक्ष कृष्ण आचार्यले भ्वाईस अफ काठमाडौंलाई बताउनु भयो ।

Facebook Comments