Thu. Apr 25th, 2024

सी चिनफिङ भन्नुहुन्छ- “मैले गुरुहरुबाट धेरै सिकेको छु”

काठमाडौं, २०७७ भदौं २५ गते बिहीबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले  गुरुहरुबाट धेरै  कुरो सिकेको बताउनु भएको छ ।

चीनको ३६ औँ शिक्षक दिवसको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष  सी चिनफिङले देशका सबै शिक्षक शिक्षिका र शैक्षिक कर्मचारीहरूलाई हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्नुहुँदै सो विचार व्यक्त गर्नुभएको हो ।

देश समृद्ध हुनका लागि गुरुको सम्मान र शिक्षाको उत्तराधिकार गर्ने विषयमा महत्व दिनुपर्छ। शिक्षक र शिक्षाको सम्मान गर्नु नै चीन राष्ट्रको उत्कृष्ट र विशेषतायुक्त स्वभाव रहेको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार बितेका दशौं वर्षयता सी चिनफिङ स्वयंले गुरुको सम्मान गर्ने र शिक्षा कार्यमा महत्व दिने क्षेत्रमा भ्याएसम्म अथक प्रयास गर्दै आउनुभएको छ। गुरुको सम्झना र गुरुलाई धन्यवाद व्यक्त गर्नु उहाँको मनमा रहिरहने घनिष्ट भावना रहेको छ।

आफ्ना गुरुलाई सम्झदा महासचिव सीले भावपूर्वक भन्नुहुन्छ: “मलाई पढाएका शिक्षक शिक्षिका निकै धेरै छन्। अहिलेसम्म मैले उनीहरूको अनुहार सम्झिरहेको छु। उनीहरूले मलाई ज्ञान सिकाउनुका साथै योग्य व्यक्ति बन्ने धारणा पनि सिकाएका छन्। उनीहरूबाटै मैले धेरै सिकेको छु।”

Facebook Comments