Sun. May 5th, 2024

पोम्पेओ “अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो विदेशमन्त्री”

माइक पोम्पेओ

काठमाडौं, २०७७ भदौं १७ गते बुधबार

“द वाशिन्टन पोस्ट”का उपसम्पादक जेक्सोन डियह्लले अगष्ट ३० तारिख “माइक पोम्पेओ इतिहासमा सबैभन्दा नराम्रो विदेशमन्त्री” शीर्षकको टिप्पणी प्रकाशित गर्नुभएको छ। उक्त लेखअनुसार, विदेशमन्त्री पोम्पेओले अमेरिका र उत्तर कोरियाको सम्झौता-वार्ताको असफलता, इरानमाथिको दवाव मामिलाको असफलताबारे जिम्मेवारी वहन गर्नुपर्छ।

साथै पोम्पेओले परराष्ट्र मन्त्रालयमा दशकौं उच्चस्तरीय पदलाई खाली पारेर राजनैतिक सफाइबाट सयौं करियर कूटनीतिज्ञले छोडेका वा छोड्न लगाइएका छन्। मनोबल ऐतिहासिक रूपमा न्यूनस्तरमा खस्किएको छ। चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार अमेरिकी परराष्ट्र मन्त्रालयका कर्मचारीका लागि तथ्यांकमा सन् २०१६ देखि २०१९सम्म उच्चस्तरीय नेतागणमध्ये इमान्दारी र निष्ठा नभएको संख्या ३४ प्रतिशतसम्म बढेको छ। यो पोम्पेओले काँग्रेसको कानून उल्लंघन गर्ने, प्रतिबन्धात्मक कानूनको पालना नगरी साउदी अरबलाई हतियारको बिक्री गर्ने, अधीनस्थलाई आफैं र श्रीमतीका लागि व्यक्तिगत काम गर्न लगाउने र उहाँको सर्वेक्षण गर्ने महानिरीक्षकलाई अपदस्थ गर्ने आदि गतिविधिसित सम्बन्धित रहेको देखिन्छ।

Facebook Comments